+
+
Shares

‘बादशाह जुट’को सुखद व्यापारको आशामा सुशिल

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १४ गते ११:५७

नायक सुशिल श्रेष्ठले केही दिन अगाडि भनेका थिए कि, निरन्तर चलचित्र असफल हुँदा उनी डिप्रेशनमा पुगिसकेका थिए । कतै चलचित्र क्षेत्र नै छाडिदिउ भन्ने उनलाई लागेको थियो । उनै, सुशिल भोली शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘बादशाह जुट’ले एक पटक फेरि आफूलाई चम्काउने आशामा छन् ।

जोनी सिंह राणाको निर्देशनमा तयार भएको चलचित्रमा सुशिलको साथमा आमिर गौतम, केइसा राउत लगायतका कलाकारको मुख्य भूमिका छ । एक पत्रकार र एक सिपाहीको वादशाह बन्ने सपनालाई चलचित्रले प्रस्तुत गरेको छ । चलचित्रको बुकिङ समेत खुलिसकेको छ ।

यो चलचित्र मल्टिप्लेक्समा कम शोजमा खुम्चिएको छ । यसैले पनि चलचित्रको व्यापार राम्रो हुनका लागि यसले लामो रेशको घोडा बन्न आवश्यक छ । असोज लागेसँगै नेपाली चलचित्रको व्यापार सुखद छ । कात्तिकमा रिलिज भएको चलचित्र ‘पोई पर्यो काले’ले हलमा सुखद व्यापार गरिरहेको छ ।

‘कबड्डी कबड्डी कबड्डी र छ माया छपक्कै’ले बक्स अफिसमा नयाँ आयाम कोरेका छन् । यस्तो अवस्थामा ‘बादशाह जुट’को व्यापार सुशिलका लागि मात्र नभई, सिंगो चलचित्र क्षेत्रका लागि सुखद हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?