Comments Add Comment

जब चौथो वार्षिकीमा बुवाको मोबाइलबाट आयो यस्तो मेसेज …

आफ्नो बुवा आमाको निधनको शोक कहाँ सजिलै बिर्सिन सकिन्छ र ? अमेरिकाको अर्कान्ससमा बस्ने एकजना युवतीलाई पनि बुवाको मृत्युको शोकले लगातार ४ वर्षसम्म पिरोलिरह्यो ।

धेरैलाई अनौठो लाग्न सक्दछ, तर उनले मृतक बुवाको यादमा बुवाको मोबाइल नम्बरमा हरेक दिन एउटा मेसेज पठाइरहिन् । पूरै ४ वर्षसम्म उनले मृतक बुवाको मोबाइल नम्बरमा मेसेज पठाइन् । एकदिन अचानक उक्त मोबाइल नम्बरबाट उनलाई जवाफी मेसेज आयो । मृतक बुवाको मोबाइल नम्बरवान मेसेज ? उनी अवाक् नहुने कुरै थिएन ।

गत अक्टोबर २४ का दिन २३ वर्षीया च्यास्टटी प्याटरसनका बुवाको चौथो वार्षिकी थियो । हरेक दिनजस्तै उनले उक्त दिन पनि आफ्ना स्वर्गीय पिताको मोबाइलमा सन्देश पठाइन् । उनले लेखिन्, ‘हेल्लो बुवा, म छोरी हुँ । आजको दिन फेरि निकै मुस्किल हुनेवाला छ । तपाईंलाई गुमाएको चार वर्ष भयो । तर तपाईंको सम्झना नआएको कुनै दिन छैन । मलाई माफ गर्नुहोस्, तपाईंलाई जब मेरो सबैभन्दा धेरै जरुरत थियो, म तपाईंसँग थिइन ।’

यस्तै यस्तै लामो मेसेज उनले मृतक बुवाको मोबाइल नम्बरमा पठाइन् । उनले आफूले ग्राजुएसन गरेको तथा क्यान्सर पनि निको भएको कुरा समेत उल्लेख गरिन् । मृतक बुवालाई मेसेज पठाउने उनको दैनिकी थियो ।

मृत्यु भैसकेका बुवाबाट जवाफ आउने कुनै अपेक्षा तथा सम्भावना पनि थिएन । तर, त्यसदिन भने चमत्कार नै भयो । उनले बुवालाई मेसेज पठाएको नम्बरबाट उनको मेसेजको जवाफ पो आयो । उक्त जवाफी मेसेज निकै आश्चर्यजनक र मार्मिक थियो ।

जवाफमा लेखिएको थियो, ‘हे प्यारी, म तिम्रो बुवा होइन । तर तिमीले चार वर्षदेखि पठाएका सबै मेसेज मैले प्राप्त गरेको छु । मेरो नाम ब्राड हो र सन् २०१४ मा भएको एक कार दुर्घटनामा मैले मेरी छोरी गुमाएको थिएँ । तिमीले पठाएका सन्देशले म बाँचेको छु । जब तिमी मेसेज गर्दछौं मलाई लाग्दछ यो भगवानले पठाएको सन्देश हो ।’

अगाडि लेखिएको थियो, ‘मैले वर्षौँदेखि तिम्रा मेसेज पढिरहेको छु । तिमी अगाडि बढिरहेको देखेको छु । तिम्रा मेसेजको सुरुमै जवाफ दिन चाहन्थेँ तर मैले तिम्रो मन दुखाउन चाहन्नथेँ । तिमी एक असाधारण छोरी हौं र मलाई विश्वास छ मेरी छोरी आज जिवित हुँदिहुन् त तिमीजस्तै हुने थिइन् । हरेक दिनको अपडेटका लागि तिमीलाई धन्यवाद ।’

यो अद्भुत तथा आश्चर्यजक घटनाका बारेमा चेस्टटीले आफ्नो फेसबुकमा शेयर गरेकी छिन् । उनले आफूले बुवालाई पठाएको मेसेज र उताबाट प्राप्त जवाफको स्कृनशटसमेत पोष्ट गरेकी छिन् ।

२५ अक्टोबरमा गरिएको यो पोष्टलाई अहिलेसम्म लाखौँले शेयर गरिसकेका छन् । धेरैजना भावुक भएका छन् र ती युवतीलाई अगाडि बढ्न शुभकामना दिएका छन् । एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment