Comments Add Comment

म्याक्सवेलले केही समय क्रिकेटबाट विदा लिने

१४ कात्तिक, काठमाडौं । अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलले केही समय क्रिकेटबाट विदा लिने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अनुसार मानसिक स्वास्थ्यको कारण म्याक्सवेलले क्रिकेटबाट विश्राम लिन लागेको जानकारी दिएको छ । उनको निर्णयले अष्ट्रेलियालाई भने ठूलो झट्का लागेको छ ।

श्रीलंकाविरुद्ध घरेलु टिम अष्ट्रेलियाले तीन खेलको सिरिज २–० ले जितिसके पनि अन्तिम खेल भने खेल्न बाँकी नै छ । यो खेलमा म्याक्सवेल टिममा हुने छैनन् ।

उनको स्थानमा टिममा क्रिकेट अष्ट्रेलियाले डि’अर्ची सर्टलाई टिममा बोलाएको छ ।

अष्ट्रेलियाका टिम साइकोलोजिष्ट माइकल लोयडले भनेका छन्, ‘म्याक्सवेलले केही समयका लागि क्रिकेटबाट ब्रेक लिने छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment