Comments Add Comment

प्रिय मित्रसँग प्रेम : के हुन्छ नतीजा ?

मानिसको जीवनमा हरेक सम्बन्धको आफ्नै महत्व र मान्यता हुन्छ । यी सम्बन्धहरु कति रगतका हुन्छन् भने कति मनका । मनको सम्बन्धमा सबैभन्दा सुन्दर सम्बन्ध भनेको मित्रता हो, जसमा कुनै किसिमको बन्धन हुँदैन । मानिसले आफ्ना आमा-बुबासँग भन्न नसकेका अधिकांश कुराहरु आफ्ना प्रिय मित्रलाई सजिलै भन्न सक्छ । मित्रताले नारी-पुरुष भन्दैन । यसले त केवल सच्चा साथीको साथलाई मात्र नियाल्ने गर्छ ।

प्रायः सबैको जीवनमा कोही न कोही मिल्ने साथी हुन्छन् । हामी आफ्ना सम्पूर्ण कुराहरु आफ्ना मिल्ने साथीसँग शेयर गर्नुको साथै उनीहरुसँग धेरैभन्दा धेरै समय बिताउन चाहन्छौं। तर, कहिलेकाहीँ विपरित लिङ्गीसँगको गहिरो मित्रता प्रेममा परिणत हुने सम्भावना धेरै हुन्छ । तर, तपाईंले आफ्नो मित्रलाई प्रेम गर्नुहुन्छ भन्दैमा उसले पनि तपाईंलाई प्रेम गर्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन ।

यस्तो परिस्थितिमा तपाईंको मन दुख्नु स्वभाविक नै हो । साथै यसको असर तपाईंको मित्रतामा पनि पर्न सक्छ ।

प्रेमका कारण मित्रतामा पनि नराम्रो असर पर्न सक्छ

प्रेमका कारण मित्रतामा नराम्रो असर पर्न सक्छ । तपाईले आफ्नो मिल्ने साथीको बारेमा जस्तो महसुस गर्नुहुन्छ । उसले पनि तपाइर्ंको बारेमा त्यस्तै सोच्छ भन्ने हुँदैन । उसले तपाईंलाई केवल मिल्ने साथीको रुपमा मात्र हेरेको हुनसक्छ । उसले अरु कसैलाई प्रेम गर्ने पनि हुनसक्छ । यो कुरा दुःखको कारण पनि बन्नसक्छ । यसले तपाइर्ंको मित्रतामा नकारात्मक असर पर्नसक्छ । साथमा मित्रता टुट्ने पनि सम्भावना हुन्छ ।

तपाईंलाई सल्लाह दिने कोही हुँदैन

यदि आफ्नै मिल्ने साथीलाई प्रेम प्रस्ताव राख्नुभयो र त्यो अस्वीकार भयो भने तपाईंले आफ्नो जीवनको सबैभन्दा राम्रो सल्लाकारलाई गुमाउन सक्नुहुन्छ । तपाईं समस्यामा भएको समयमा तपाइर्ंलाई सम्झाउने तपाईंको मिल्ने साथी तपाईंबाट टाढा हुन्छ । तपाईंहरुबीचको समस्या समाधान गर्ने कोही हुँदैन । जसका कारण तपाईंहरुको झगडा लामो समयसम्म रहिरहन्छ ।

मित्रता पहिले जस्तो हुँदैन

कुनै पनि सम्बन्धमा एक पटक मनमुटाव भएपछि त्यसलाई हटाउन निकै कठिन हुन्छ । त्यस्तै मित्रतामा मनमुटावले स्थान पाएपछि त्यसलाई सामान्य स्थितिमा ल्याउन निकै गाह्रो हुन्छ । यदि तपाईं आफ्नो प्रिय मित्रलाई गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्ड बनाउने बारेमा सोच्दै हुनुहुन्छ भने सर्वप्रथम  आफ्नो मित्रताको बारेमा सोच्नुपर्छ । किनभने तपाइर्ंको एकतर्फी प्रेमका कारण तपाईंले आफ्नो प्रिय मित्रलाई गुमाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment