Comments Add Comment

कैलालीमा बसको ठक्करबाट २ बालकको मृत्यु

१५ कात्तिक, कैलाली । कैलालीको बर्दगोरीयामा बसको ठक्करबाट २ जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दगोरीया गाउँपालिका १ साझा चौकका ८ वर्षीय अंशु चौधरी र घोडाघोडी नगरपालिका  ८ का १२ वर्षीय लक्ष्मण चौधरी रहेका छन् ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको बसले साझा चौक नजिकै साइकलमा सवार अंशु र लक्ष्मणलाई बिहीबार साँझ ५ बजेतिर ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका अंशुको भारतको लखनउ र लक्ष्मणको नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्ष कुमार बस्नेतले जानकारी दिए ।

बस र बस चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले बिहीबार नै नियन्त्रणमा लिएको थियो ।

मृतकका आफन्तद्वारा सडक अवरुद्ध

बसको ठक्करबार २ जना बालकको मृत्यु भएपछि मृतकका आफन्तहरुले पूर्वपश्चिम राजमार्गको बौनियाँ सडकखण्ड अवरुद्ध पारेका छन् ।

सडक अवरुद्ध भएपछि दर्जनौ सवारीसाधन र सयौं यात्रुहरु राजमार्गमा नै अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment