
१५ कात्तिक, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान कमिटीले मेयरका उम्मेदवारका लागि तीन नाम सिफारिस गरेको छ ।
धरान कमिटीको शुक्रबार बसेको बैठकले प्रकाश राई, फोक्वा हाङ सुब्बा (चोत्लुङ) र वेणु काफ्लेको नाम सिफारिस गरेको हो । जिल्ला, प्रदेश हुँदै केन्द्रीय कमिटीले उम्मेद्धवारको टुंगो लगाउने नेकपा धरान कमिटी अध्यक्ष नारायण सुवेदीले बताए ।
प्रकाश र वेणु पूर्वएमाले हुन् । फोक्साहाङ पूर्वमाओवादी हुन् । सिफारिसमा परेका तीनैजना पार्टीको जिल्ला सदस्य हुन् ।
मेयरको उम्मेदवारका लागि केन्द्रीय सदस्य किरण राई, प्रदेश सदस्य विजय राई पनि दाबेदारका रुपमा प्रस्तुत भएका थिए । तर पार्टी कमिटीले उनीहरुलाई उम्मेदवार नै सिफारिस गरेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4