Comments Add Comment

धादिङ र सर्लाहीबाट लागूऔषधसहित ५ जना पक्राउ

१५ कात्तिक, काठमाडौं । धादिङ र सर्लाहीबाट प्रहरीले अवैध लागूऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ मलेखुबाट अवैध लागूऔषध गाँजासहित कास्की पोखरा महानगरपालिका-१४ बस्ने २२ वर्षीय कृष्ण क्षेत्री र रोल्पा झेलबाङ गाउँपालिका-३ बस्ने २६ वर्षीया संगिता परियारलाई प्रहरीले शुक्रबार विहान पक्राउ गरेको हो ।

प्रहरी चौकी मलेखु र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले ग.१० प ४४९४ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा चालक कृष्ण र स्कुटरमा सवार संगिताको साथबाट करिब ५ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै सर्लाहीको मलंगवा नगरपालिका-८ स्थित सडकबाट अवैद्ध लागूऔषधसहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-७ बस्ने १९ वर्षीय  होमराज दाहाल, लालबन्दी नगरपालिका-११ बस्ने २३ वर्षीय सुरज स्याङतान र ३९ वर्षीय सार्की बल रहेका छन् ।

प्रहरी चौकी गोरखकालीको प्रहरीले भारतको सोनवर्षा बजारबाट मलंगवातर्फ आउँदै गरेको टेम्पोमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट नाइट्रोभेट ५ सय ७० एम्पुल र स्पास्मो १० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा रहेका पाँचै जनाको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment