+
+
Shares

यो हो दुनियाकै ठूलो दाँत

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १५ गते १३:५७

जर्मनीमा एकजना मानिसको मुखबाट विश्वकै सबैभन्दा ठूलो दाँत निकालिएको छ । ओफेनबख सहरमा बस्ने दन्त चिकित्सक म्याक्स लुकसले छिमेकी सहर मेइन्जमा बस्ने क्रोएसियाली मूलका एकजना बिरामीको मुखबाट एउटा दाँत निकाले । उक्त दाँतको लम्बाई ३७.२ मिलिमिटर अर्थात् १.४६ इन्च रहेको छ ।

उक्त दाँतलाई म्याक्सले सन् २०१८ मै निकालेका थिए । तर, यो दाँतलाई विश्वकै लामो दाँतको रुपमा गिनिज बुकमा दर्ता गराउने प्रक्रियाका लागि उनलाई झण्डै एक वर्षको समय लाग्यो लाग्यो ।

अन्ततः उक्त दाँतले विश्वकै ठूलो मानव दाँतको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएको छ । दुनियाकै लामो दाँत गोड्ने ती डाक्टरले गत मंगलबार गिनिज वर्ल्ड  रेकर्डस् प्रमाणपत्र हात पारेका छन्, जसलाई आफ्नो क्लिनिक बाहिर टाँग्ने उनको योजना छ ।

रोचक तथ्य त के भने यो दाँतको एक चौथाई मात्र भाग गिजा बाहिर छ । यसको तीन चौथाई माग गिजाभित्र दाँतको जराको रुपमा रहेको छ ।
एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?