Comments Add Comment

जमैकाकी उदयीमान फुटबलरको हत्या

काठमाडौं । जमैकाकी उदयीमान महिला फुटबलरको छुरा प्रहार गरी हत्या भएको छ ।

मोबाइल फोनका विषय विवाद हुँदा २० वर्षीया तारानिया क्लार्कमाथि शुक्रबार छुरा प्रहार भएको थियो । उनलाई तत्काल अस्पताल पुर्‍याइए पनि  बचाउन नसकिएको अधिकारीहरुले बताएका छन् । छुरा प्रहार गर्ने पक्राउ परेका छन् ।

जमैकाको नेशनल प्रिमियर लिग खेल्ने क्लब वेदरहाउसमा आवद्ध क्लार्क आगामी वर्ष अमेरिकामा कलेज स्कोलरसिपमा जाने तयारीमा गरिरहेकी थिइन् ।

जमैका फुटबल महासंघले तीन पटक राष्ट्रिय टिमबाट खेलिसकेकी क्लार्कको निधनको पुष्टि गरेको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment