Comments Add Comment

उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ

१७ कात्तिक, काठमाडौं । आस्थाको महापर्व छठ आइतबार उदाउँदो सूर्यलाई अर्घ दिई सम्पन्न भएको छ । शनिबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले आइतबार उदाउँदो सूर्यलाई जलसहित अर्घ अर्पण गरेका छन् ।

व्रतालुहरूले जलासयमा गएर दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घको रुपमा अर्पण गर्दछन् । अर्घको रुपमा ठकुवा, भुसवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैंटो सूर्यलाई अर्पण गर्ने चलन छ ।

सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिने जानकारहरु बताउँछन् ।

सूर्यको आराधना तथा छठी माताको पूजाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने धार्मिक विश्वास छ ।

तस्वीरहरु : सुरेश बिडारी (वीरगञ्ज), गौतम श्रेष्ठ (रौतहट) र हरि अधिकारी (विराटनगर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment