Comments Add Comment

के प्रेममा छिन् अदिती ?

चलचित्र ‘कृ’मा काम गरेपछि चर्चामा आएकी नायिका अदिती वुढाथोकीले दोश्रो नेपाली चलचित्र साइन गरेकी छैनन् । चलचित्रको चर्चा भएपनि अदितीले जुन खालको प्रतिक्रिया पाउनुपर्ने थियो, त्यो पाइनन् । अदिती भने आफूले खोजे जस्तो कथा नपाएकाले पनि चलचित्र साइन नगरेको बताउँदै आएकी छिन् ।

उनै, अदितीले आफू प्रेममा रहेको खुलाएकी छिन् । उनले, ‘गुड टाइम्स’ लेख्दै प्रेमी सार्वजनिक गरेकी हुन् । अदिती, भारतीय र्यापर अलिम मोरानीको प्रेममा रहेको उनले पोष्ट गरेको तस्वीरबाट पनि वुझ्न सकिन्छ ।

अलिमले गाएका केही गीतहरु युटुबमा चर्चामा छन् । अलिमले अदितीसँगको कुनै पनि तस्वीर सार्वजनिक नगरेपनि अदिती भने अब प्रेमलाई नलुकाउने पक्षमा देखिएकी छिन् ।

मुम्बइमा रहेर संघर्ष गरिरहेकी नायिका वुढाथोकीले बलिउड चलचित्र नै आफ्नो उद्देश्य भएको बताउँदै आएकी छिन् । तर, उनले अहिलेसम्म बलिउड चलचित्र साइन भने गरेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment