Comments Add Comment

सञ्चालनमा आयो हाइल्याण्ड रिसोर्ट

काठमाडौं । भक्तपुरको रानीकोटमा सुविधा सम्पन्न भिलेज हाइल्याण्ड रिसोर्ट सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिकाको सबैभन्दा उच्च स्थान -१९५० मिटर) रानीकोटमा भिलेज हाइल्याण्ड रिसोर्ट सञ्चालनमा आएको हो ।

संचालक समितिका अध्यक्ष राम सुन्दर बकेले भने, ‘अहिले सफ्ट ओपनिङ भएको छ, केही दिनपछि ग्रान्ड ओपनिङ् गर्ने सोच छ ।’

जग्गाको मूल्यसहित २५ करोड रुपैयाँ लागतमा रिसोर्ट बनेको सञ्चालक समितिका अध्यक्ष बके बताउँछन् । रिसोर्ट पाँच रोपनी जग्गामा फैलिएको छ । रिसोर्टमा हाल तीन वटा भवन छन् । होटलमा हाल ३ वटा हल छन्, जसमा ३० जना, ७० जना र १५० जना मानिस अट्ने क्षमता छ ।

‘भविष्यमा होटलका केही रुमभित्रै बार, स्वीमिङपुल र किचेन समेत हुने गरी निर्माण गर्ने सोच बनाएका छौं । यदि कोही मानिस होटलमा आएर अझै धेरै सुविधा खोजेमा सो पनि उपलब्ध गराउन तत्पर छौं,’ उनले भने ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक चोकबाट ७ किलोमिटर दूरीमा रहेको रिसोर्टका सबै कोठाहरु डिलक्स छन् । सूर्यविनायक चोकबाट रिसोर्ट जाँदा ५ किलोमिटर पिच र २ किलोमिटर कच्ची बाटो हिँड्नुपर्छ ।

होटल परिसरबाट दोर्जे लाक्पा, लाङटाङ, मनास्लु, पुमरी, गौरीशंकर लगायतका हिमालहरु अवलोकन गर्न सकिन्छ । काठमाडौं उपत्यकाका तीनै शहर भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाका अधिकाश भागहरु पनि होटलका कोठाहरुबाटै देखिन्छ ।

ललितपुरको लाँकुरीभञ्ज्याड, काभ्रेको पनौति, कुसादेवीदेखि समेत रानीकोट हाइकिङ रुट प्रख्यात छ । यस्तै ऐतिहासिक मानिने रानीकोट, धार्मिक हिसाबले प्रख्यात बाघभैरव समेत यो क्षेत्रमा छ । होटल वरिपरी घना जंगल भएकाले भविष्यमा जिफ सफारीको योजना पनि बनाएको सञ्चालक बकेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment