Comments Add Comment

सवारी दुर्घटनामा परी डाक्टर बाबु र नर्स छोरीको मृत्यु

१८ कात्तिक, विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा चिकित्सक बाबु र पेसाले नर्स रहेकी उनकी छोरीको मृत्यु भएको छ ।

कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाँउपालिका–१ खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बूढीगंगा गाउँपालिका–५ का अन्दाजी ५२ वर्षीय शुभलाल माझी र  उनकी २६ वर्षीया छाेरी अञ्जलीकुमारी माझीको मृत्यु भएको हो ।  बावु शुभलाल पेसाले चिकित्सक र छोरी नर्स हुन् । शुभलाल विराटनगरको गोल्छा आँखा अस्पताल र अञ्जलीकुमारी न्यूरो अस्पतालमा कार्यररत थिए ।

घरबाट अफिस आउने क्रममा दुर्घटनामा परी बावु– छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी राजकुमार खिइजूले जानकारी दिए ।

विराटनगरबाट इटहरीतर्फ जादै गरेको को १ ख ७२३२ नम्बरको बसले विपरीत दिशाबाट विराटनगरतर्फ आउँदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार, ठक्करबाट गम्भीर घाइते उनीहरूको विराट नर्सिङ कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment