Comments Add Comment

साहरुख भन्छन्–‘अब दर्शकलाई मनपर्ने फिल्म खेल्छु’

यो बर्ष बलिउड नायक साहरुख खानको कुनै पनि चलचित्र रिलिज नहुने पक्का छ । किनकी, यो बर्ष सकिन अब २ महिना मात्र बाँकी छ । तर, साहरुखले कुनै पनि नयाँ चलचित्र साइन गरेका छैनन् । उनको अर्को बर्ष पनि चलचित्र रिलिज हुन्छ या हुँदैन भन्ने दुविधा उनका फ्यानमा छ । तर, साहरुखले भने अर्को बर्ष चलचित्र ल्याउने पक्का गरेका छन् ।

आफ्नो ५४ औं जन्मदिन मनाउने क्रममा साहरुखले भने–‘मैले नयाँ चलचित्रका लागि केही समय लगाएँ । यसका केही कारण छन् । अब, म चाहन्छु कि मैले काम गर्ने चलचित्र मलाई मात्र मन नपरोस्, तपाइहरुलाई पनि मन परोस् । यसैले पनि मैले समय लगाएको हुँ ।’

साहरुखले नयाँ चलचित्रका लागि समय लिएको बताउँदै अर्को बर्ष दर्शकमाझ आउने वाचा पनि गरेका छन् । उनले भने–‘मैले मेरो छोरा आर्यनका लागि संझनलायक केही चलचित्रमा काम गरेँ । तर, कान्छो छोरा अब्राहमले संझने खालका चलचित्रमा मैले काम गरेको छैन । यसैले, अब अब्राहमले उसको पिता किन यति ठूलो स्टार हो भनेर वुझ्ने चलचित्रमा काम गर्छु ।’

साहरुखले आफ्नो नयाँ चलचित्रको काम सुरु भएपछि दर्शकलाई जानकारी गराउने बताएका छन् । उनले, साउथ चलचित्रका केही निर्देशकसँग काम गर्न लागेको चर्चा नचलेको होइन । तर, जन्मदिनमा साहरुखले यो बिषयमा कुनै पनि कुरा खुलाएका छैनन् । तर, आउँदो बर्ष चलचित्र रिलिज गर्ने र त्यो एक्सन, कमेडी मिश्रित हुने उनको तर्क छ । यसले उनका फ्यानलाई भने ठूलै राहत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment