Comments Add Comment

आर्यनलाई मनपर्यो मिरुना

नायक आर्यन सिग्देल र नायिका मिरुना मगरको जोडी जिन्दगीको पिङ खेल्न तयार छन् । मंसिरको ६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘च च हुई’मा मिरुना र आर्यनको जोडी देख्न सकिन्छ । चलचित्रमा हङकङमा काम गर्दागर्दै नेपाल आएका यूवक र हिमाली भेगमा बस्ने यूवतीको कथालाई रोमान्चक तरिकाले प्रस्तुत गरिएको छ ।

अनलाइनखबरसँगको रमाइलो कुराकानीमा आर्यन र मिरुनाले एक अर्काको प्रशंसा गरे । रमाइलो खेल खेल्ने क्रममा मिरुनाको बिहे कोसँग गराइदिन चाहनुहुन्छ भन्ने प्रश्नमा आर्यनले आफै गर्ने बताए । उनले भने–‘म त कोहीसँग पनि चाहन्नँ । म नै गर्छु ।’

आर्यन र मिरुनाको जोडीलाई दर्शकले मनपराउने अपेक्षा छ । आर्यन भन्छन्–‘मिरुना लगनशिल नायिका हुन् । मलाई चलचित्रमा मिरुना नायिकाको रुपमा फाइनल छिन् भन्दा खुशी लागेको थियो ।’

यता, नायिका मिरुना मगरले पनि आर्यन चलचित्रको मुख्य नायक भन्ने सुन्दा आफू निकै नै उत्साहित भएको बताइन् । मिरुनाले भनिन्–‘आर्यनसँग काम गर्दा मैले धेरै कुरा सिक्ने मौका पाए । उहाँको कामप्रतिको लगावले प्रभावित छु ।’

साम्तेन भुटिया निर्देशित चलचित्रमा आर्यन, मिरुना र भोलाराज सापकोटाको मुख्य भूमिका छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment