
१८ कात्तिक, काठमाडौं । चितवन मेडिकल कलेज (सीएमसी)ले अतिरिक्त शुल्क समायोजनको झुठो प्रचार गरेको आरोप विद्यार्थीले लगाएका छन् ।
यसअघि कलेजले पत्रकार सम्मेलन गरी अतिरिक्त शुल्क ३० दिनभित्र फिर्ता गर्ने वा समायोजन गर्न सहमत भएको जानकारी दिएको थियो ।
तर, चिकित्सा शिक्षा संघर्ष समतिले भने विद्यार्थी र अभिभावकहरुलाई भ्रममा पार्न मेडिकल कलेजले सहमति भएको झुठो प्रचार गरेको बताएको छ ।
सोमबार पत्रकार सम्मेलन गरी समितिका अध्यक्ष प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले सहमति झुठो भएको प्रष्ट्याएका छन् ।
संघर्ष समितिले ०७२/०७३ देखि अहिलेसम्मको भर्ना शुल्क राज्यले तोकेअनुसार कायम गरी अतिरिक्त रकम फिर्ता र समायोजना नभए निरन्तर आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।
साथै, प्राध्यापक डाक्टर गोविन्द केसीका मागप्रति एक्यबद्धता जनाउँदै संघर्ष चर्काउने घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4