
१८ कात्तिक, वीरगञ्ज । पर्सामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका वडा ६ बस्ने २१ वर्षीय रवीन्द्र पासवान दुसादको मृत्यु भएको हो । उनी पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ अकवा टोलमा आइतबार लागेको झन्डामेला हेर्न गएका थिए ।
फर्कने क्रममा उनी चढेको ना ३३ प २९४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाटोको छेउमा गाडिएको होडिङ्ग बोर्डको पिलरमा ठोक्किएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका रवीन्द्रलाई उपचारको लागि नारायणी अस्पताल पठाइएकोमा अस्पतालले मृत घोषित गरेको प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए । शव पोष्टमार्टमका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4