Comments Add Comment

किन श्रीमानले श्रीमतीको मोबाइल जाँच गर्छन्

भनिन्छ, श्रीमान्–श्रीमतीको बीचको सम्बन्ध र प्रेमलाई कुनै समझदार व्यक्तिले मात्र बुझ्न सक्छ । उनीहरुका बीचमा एउटा बेग्लै प्रकारको समझदारी कायम हुन्छ । माया र विश्वास नै कुनै पनि सम्बन्धको वास्तविक कारण हो । श्रीमान्–श्रीमतीको सम्बन्धको वास्तविकता पनि यही नै हो । श्रीमान्–श्रीमतीका बीचमा यदि माया कम नै भयो भने पनि सम्बन्ध उक्त गाडी चलिरहन्छ । तर, विश्वास कम भयो भने सम्बन्धलाई अगाडि बढाइरहन गाह्रो पर्दछ । विश्वास भन्ने कुरा इमान्दारीबाट आउँछ । त्यसैले श्रीमान्–श्रीमती दुबैले एक–अर्कासंग निकै नै लचिलो हुनु पर्दछ ।

तर, कैयौं पटक श्रीमानले आफ्ना श्रीमतीको मोबाइल फोन उनीहरुको अनुपस्थितीमा चेक गर्न थाल्छन् । त्यसका पछाडि विभिन्न कारणहरु हुन सक्दछन् ।

विश्वासमा कमी हुनु

सबैभन्दा ठूलो कारण नै श्रीमानलाई आफ्ना श्रीमतीहरुप्रति कम विश्वास हुनु हो । पटक–पटक मोबाइल फोन चेक गरेर उनीहरुले के कुरा पत्ता लगाउन चाहन्छन् भने कतै उनले उसंग कुनै कुरा लुकाइरहेकी त छैनन् ।

शंका लाग्नु

श्रीमानले किन पनि श्रीमतीहरुको मोबाइल चेक गर्छन् भने उनीहरु आफ्नै श्रीमतीप्रति शशंकित हुन्छन् । उनीहरुलाई के लाग्छ भने कतै उनीकी श्रीमती अरु नै कुनै पुरुषसंग डेटिङमा पो गैरहेकी छिन् कि ।

झगडाको कारण खोज्नु

प्रायःश्रीमानले  किन यसो गर्छन् भने उनीहरु श्रीमतीसंग झगडा गर्नका लागि कुनै न कुनै कारण खोजिरहेका हुन्छन् । त्यसरी मोबाइल चेक गरेर उनीहरु घरमा कहल मच्चाउने ठूलो षडयन्त्र गरिरहेका हुन्छन् ।

मायामा कमी

प्रायः श्रीमानलाई के लाग्छ भने उनीहरुका श्रीमतीहरुले उनीहरुलाई माया नै गर्दैनन् । त्यसकारण पनि उनीहरु श्रीमतीहरुको मोबाइल चेक गरेर के पत्ता लगाउन चाहन्छन् भने उनीहरुको सबैभन्दा लामो कुराकानी कोसंग भैरहेको छ ।

अरुसंग बढि लगाव

यदि तपाईंको लगाव अरु कुनै व्यक्तिसंग बढि हुन थाल्यो भने तपाईंका श्रीमान्लाई उक्त कुराले असुरक्षित महसुस गराउ“छ । त्यसकारण पनि उनलाई तपाईंको मोबाइल फोन चेक गर्ने बानी बस्छ ।

धोकाको अनुमान

कहिलेकाहिं श्रीमान आफ्ना श्रीमतीहरुले आफूलाई माया गर्छिन् भन्ने कुराप्रति त्यति विश्वस्त हुन सक्दैनन् । उनीहरुले मन–मनै श्रीमतीप्रति नकारात्मक धारणा बनाउन थाल्दै उनले आफूलाई धोका दिन थालेको अनुमान गर्न थाल्छन् । त्यसलाई पुष्टि गर्नका लागि समेत उनीहरुले बारम्बार श्रीमतीको मोबाइल फोन चेक गर्छन् ।

ध्यान दिनु पर्ने कुरा के छ भने यदि तपाईंका श्रीमान् पनि तपाईंको अनुपस्थितीमा तपाईंको मोबाइल फोन चेक गर्छन् भने उनलाई राम्ररी सम्झाउनु होला र सबै मनमुटावहरु हटाउनु होला । यसमै तपाईंहरु दुबैको भलाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment