Comments Add Comment

प्रदेश राज्यमन्त्री रावलको सम्पत्ति छानबिन सुरु

२२ कात्ति, काठमाडौं । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलको सम्पत्ति छानबिन सुरु भएको छ । राज्यमन्त्री रावलविरुद्ध परेको उजुरीका आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको हो ।

छानबिनका लागि विभागले एक अनुसन्धान टोली नै सुदुरपश्चिम पठाएको छ । ‘रावलमाथि उजुरी परेपछि हामीले एसएसपी सहितको टोली पठाएर अनुसन्धान सुरु गरेका छौं’ विभागका एक अधिकारीले भने, ‘टोली मंगलबार दिउसो नै त्यहाँ पुगिसकेको छ ।’

कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट निर्वाचन जितेका राज्यमन्त्री रावलविरुद्ध ठगी मुद्धासमेत रहेको छ । जनज्योति एजुकेसन फाउन्डेसनको सेयर वापतको करिब १६ करोड रकम ठगी भएको भन्दै राज्यमन्त्री रावलसहित ३६ जनाविरुद्ध जिल्ला अदालतमा केही समय अघि मुद्दा दायर भएको थियो ।

रावल जनज्योति बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment