Comments Add Comment

डिनरमा रोटी-तरकारीको बिकल्प खोज्ने कि ?

के तपाईं पनि रातिको खानामा प्रायः रोटी-तरकारी खानुहुन्छ ? नेपालको तराई तथा शहरी क्षेत्रका अधिकांश घरहरुमा रातिको खानामा रोटी-तरकारी खाने चलन छ । त्यसो त तरकारीहरु सधैं नै स्वास्थ्यका लागि राम्रो मानिन्छन् र रोटी पनि फाइबरले भरिपूर्ण हुन्छ । तर, स्वास्थ्य-विशेषज्ञहरुका अनुसार डिनर अर्थात रातिको खानमा रोटी-सब्जी खानाले तपाईंको तथा तपाईंको परिवारका सदस्यहरुको स्वास्थ्य राम्रो हुँदैन, खासगरी गहुँको रोटीहरु । त्यसले न केवल तपाईंको मोटोपना बढ्छ, त्यसले अपच, कब्जियत तथा मधुमेहको खतरालाई समेत बढाउँछ । अब प्रश्न के उठ्छ भने डिनरमा रोटी-तरकारी किन खानु हुँदैन ? अथवा राति कुन खाना खानु उपयुक्त हुन्छ त ?

के रोटी-तरकारी स्वस्थ हुँदैन ?

ती डाइटिसियनका अनुसार हामी प्रायः रातिको खानामा रोटी-तरकारी अथवा दाल-रोटी खान्छौं । त्यसमा कार्बोहाइडे्र्सको मात्रा अत्यधिक हुन्छ । त्यसैले तीनलाई पचाउन मुस्किल हुन्छ । अधिकांश व्यक्तिहरु रातिको खानापछि धेर-थोर काम गर्छन् र त्यसपछि सुत्न जान्छन् । त्यस्तो बेला हाई काब्र्स भएका आहारहरुलाई पचाउनका लागि समय नै पुग्दैन । जसबाट ती खानेहरु पच्न पाउँदैनन् । लामो समयसम्म त्यस्ता नपच्ने खानाहरु खाँदा हामीलाई विभिन्न प्रकारका स्वास्थ्य समस्याले घेर्छ । जसमा मोटोपना तथा मधुमेह सबैभन्दा गम्भीर समस्याहरु हुन् ।

रातिको खानामा के खाने त ?

त्यसो त राति सुतिसकेपछि हाम्रो शरीरको मेटाबोलिज्म दिउँसोको तुलनामा निकै सुस्त हुन्छ । जसका कारण पाचन प्रकृयाले त्यति राम्ररी काम गर्न सक्दैन । जति राम्ररी त्यसले बिहान काम गर्छ, त्यस्तो अवस्थामा यदि हामीले रातिको खानामा हल्का तथा सुपाच्य खानेकुरा खानुपर्छ । जसलाई पेटले सजिलै पचाउन सकोस् । त्यसका लागि हामीले कम्प्लेक्स कार्ब्स भएको खानेकुरा खानुपर्छ । कम्प्लेक्स कार्ब्स त्यस्तो आहारहरु हुन् । जो निकै सुस्त गतिमा पच्छ । त्यसैले शरीरलाई ती आहारहरुलाई पचाउनका लागि धेरै मेहनत नै गर्नुपर्दैन । स्लो मेटाबोलिज्मको क्रममा पनि तपाईंको पेटले ती कम्प्लेक्स काब्र्सलाई बिस्तारै-बिस्तारै पचाइरहन्छ र शरीरलाई भोजनमा भएको सबै पोषक तत्व पनि प्राप्त हुन्छ ।

रातिको खाना प्रायः हल्का नै हुनुपर्छ । त्यसैले शाकाहारी व्यक्तिहरुले रातिको खानामा उमालिएका तरकारीहरु, गि्रल्ड तरकारीहरु, सुप, सलाद आदि खान सक्छन् । यसबाहेक यदि तपाईंलाई धेरै भोक लागेको छ भने तपाईंले दाल, ओट्स आदि खान सक्नुहुनेछ । यदि तपाईं मांशाहारी हो भने रातिको खानामा ग्रिल्ड चिकेन अथवा माछा खान सक्नुहुनेछ । सामान्यतयाः मानिसहरुलाई के लाग्छ भने चिकेन हेवी खाना हो । तर, प्रोटिनले भरिपूर्ण चिकेनलाई यदि ग्रिल्ड बनाउने भने हो त्यसमा क्यालोरीको मात्रा धेरै हुँदैन । राति तपाईंले आरामसँग ग्रिल्ड चिकेन अथवा ग्रिल्ड फिस खान सक्नुहुनेछ ।

रातिको खानामा ध्यान दिनुपर्ने अन्य कुराहरु

-रातिको खाना सधैं सुत्नुभन्दा २-३ घण्टा पहिला नै खाइसक्नुपर्छ ।

-कुनै पनि स्थितिमा राति ९ बजेसम्म खाना खाइसक्नुपर्छ ।

-खाना खाएपछि ५ मिनेट आमार गर्ने र त्यसपछि कम्तिमा १५-२० मिनेट पैदल यात्रा अथवा हिँडडुल गर्नुपर्छ (यस्तो यात्रा घरभित्रै पनि गर्न सकिन्छ) ।

-खाना खाने क्रममा खाना खाएको एक घण्टासम्म पानी पिउनु हुँदैन । यदि खाना पिरो छ भने तपाईंले एक-दुई घुट्की पानी पिउन सक्नुहुनेछ ।

-खाना खाएको कम्तिमा दुई-तीन घण्टासम्म तपाईंले नुहाउनु पनि हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment