Comments Add Comment

भारतीय राजदूतलाई देउवाको फोन : कालापानी र लिपुलेक नेपाली भूमि हो

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले नेपाली भूमिमाथि हुने अतिक्रमण अस्वीकार्य भएको बताएको छ ।

कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएको भन्दै उनले भारतले जारी गरेको नक्साप्रति आपत्ति जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार नेपालस्थित भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गरेर नक्साप्रति आफ्नो पार्टीको ध्यानाकषर्ण भएको जनाएका छन् ।

देउवाले राजदूत पुरीलाई कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको स्मरण समेत गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले यसबारे साझा मत बनाउन र त्यसअनुसार कूटनीतिक माध्यमद्वारा समाधान खोज्न सरकारलाई आग्रह पनि गरेको छ ।

नक्सा नेपाललाई मान्य छैन : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतले जारी गरेको नक्सा स्वीकार्य नभएको बताएका छन् । बिहीबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल अध्यक्ष प्रचण्डले भने, ‘जुन खालको नक्सा सार्वजनिक गरिएको छ, त्यो नेपाललाई मान्य छैन ।’

लिपुलेकबारे भारत र चीनबीच सहमति भयो भनेर आउँदा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘यो गलत भएको छ, यसबारे पुनर्विचार गरिनुपर्छ’ भनेको स्मरण गर्दै उनले भने, अहिले त कालापानी लगायत सबैले नक्साभित्र पारिसकेपछि यो नेपाललाई सैह्य हुन सक्दैन । मान्य हुन सक्दैन ।’

भारतसँग तत्काल वार्ता गर: खनाल

यस्तै नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमोत्तर सीमानाबारे तत्काल भारतसँग वार्ता गर्न माग गरेका छन् । खनालले बिहीबार विज्ञप्ति जारी गर्दै भारतले हालै प्रकाशित गरेको नक्साले नेपाली भूभाग अतिक्रमित भएको प्रष्ट पारेको बताए ।

‘नेपालको पश्चिमोत्तर सीमाना सुगौली सन्धीले नै निर्धारण गरिसकेको छ । त्यो सीमानालाई चलाउने अधिकार कसैलाई छैन’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेतासमेत रहेका खनालले भनेका छन् ।

भारतको जवाफ : नेपाली भूभाग मिचेका छैनौं

आफूले जारी गरेको नक्साले नेपालमा तरंग ल्याएपछि भारतले मुख खोलेको छ । तर उसले आफ्नो नक्सामा नेपाली भूभाग परेको नेपालको दाबीलाई अस्वीकार गरेको छ ।

भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले भने, ‘हाम्रो नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ । र, नक्सामा सीमा हेरफेर गरिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment