Comments Add Comment

राजपाद्वारा उम्मेदवार छान्न कार्यदल गठन

२१ कात्तिक, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले महोत्तरीको पिपरा गाउँपालिकाको रिक्त अध्यक्ष पदका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार छान्न कार्यदल गठन गरेको छ ।

यसअघि पिपरा गाउँपालिकाको अध्यक्षमा बिनोद चौधरी निर्वाचित भएका थिए । उनको निधन भएपछि यहाँ उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि राजपाले अध्यक्ष पदमा सबैसँग समन्वय गरी एउटा साझा उम्मेदवार तय गर्ने भएको छ ।

‘गाउँपलिका अध्यक्षको उम्मेदवार सन्दर्भमा पार्टीको तर्फबाट कतिपय उम्मेदवारहरु आकांक्षी रहेकाले समन्वय गरी एउटा साझा उम्मेदवार तय गर्न पहल गरिनेछ’ राजपा संयोजक महन्थ ठाकुरद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

यसका निम्ति कार्यदल गठन गरिएको छ । कार्यदलमा वरिष्ठ नेता रामनरेश राय, वरिष्ठ उपाध्यक्ष बृषेशचन्द्र लाल, उपाध्यक्ष जैनुल राइन र महासचिवद्वय सुरिता साह र सुनिल रोहित छन् ।

पिपराबाट प्राप्त अन्तिम सुझावसहितको प्रतिवेदन कात्तिक २५ गतेसम्म पार्टीलाई उपलब्ध गराउन कार्यदललाई भनिएको छ । स्थानीय तहको उपनिर्वाचनका निम्ति कात्तिक २७ गते उम्मेदवारी दर्ताको मिति तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment