Comments Add Comment

भारतीय नक्साको विरोधमा बेलहियामा प्रदर्शन

२२ कात्तिक, बुटवल । लिपुलेक, कालापानीलगायत नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा सत्तारूढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले बेलहियामा प्रदर्शन गरेको छ ।

अनेरास्ववियु रूपन्देही क्षेत्र नं ३ क्षेत्रीय कमिटीले सीमा नाका बेलहिया गेटमा पुगेर विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले ‘ब्याक अफ इन्डिया’, ‘असमान सन्धि खारेज गर’, मिचिएका भू–भाग फिर्ता गर’लगायत नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर नाराबाजी गरेका थिए ।

भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । रूपन्देहीमा बिहीबार मात्रै तरूण दल र नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment