Comments Add Comment

तुलसी बहुगुणी वनस्पति

तुलसीलाई आयुर्वेदमा उच्च महत्व दिइएको छ

तुलसी बहुगुणी वनस्पती हो । भनिन्छ, यसले वायु शुद्धीकरणमा भूमिका खेल्छ । यसको औषधीय महत्व त हामीलाई थाहै छ । जब हामीलाई घाँटी दुख्छ, ज्वरो आउँछ, रुघा लाग्छ, पानीमा तुलसीको पात पकाएर खान दिइन्छ । शरीर अस्वस्थ्य भएको बेला मात्र होइन, सामान्य अवस्थामा पनि तुलसी सेवन गर्न सकिन्छ । नियमित रुपमा तुलसी सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

हुन त हामीले तुलसीलाई घर-आँगनमा मठ बनाएर रोप्ने गरेका छौं । यो परम्परालाई हामीले आडम्बरको हिसावले होइन, वैज्ञानिक दृष्टिकोणले हेर्नुपर्छ । तुलसी आफैंमा सर्वगुणी भएकाले यसको संरक्षण आवश्यक छ । अर्कोतिर, यसको साइनो स्वास्थ्यसँग जोडिएकाले सफा र सहज ठाउँमा हुनुपर्छ । घरको आँगनमा तुलसी रोप्दा त्यसको प्रयोगमा त सहज हुन्छ । घरको वातावरण राम्रो बनाउँछ ।

तुलसी कुन बेला रोप्ने, कसरी रोप्ने, कसरी संरक्षण गर्ने भनेर हाम्रा पूर्खाहरुले सिकाएका पनि छन् । तुलसीको हामी पूजा पनि गर्छौ । वास्तवमै पूज्य वनस्पती हो, तुलसी ।

तुलसीको एक/दुई पात नियमित रुपमा सेवन गर्दा रोगसँग लड्ने क्षमता बढ्छ । चिसो वा रुघा ज्वरोले सताएको बेला तुलसीको पातमा अदुवाको केही टुक्रा मिसाएर उमाल्नुपर्छ । त्यसलाई सेवन गर्दा रुघा ज्वरो ठिक हुन्छ । यस्ता थुप्रै उपचार विधि छ तुलसीसँग जोडिएको ।

तुलसी एउटा औषधीय गुण भएको विरुवा हो । यसको प्रयोग रुघा, खोकी, ज्वरो, दन्तरोग, सासको बिरामी आदिमा प्रभावकारी हुन्छ ।

१. मधुमेहको खतरा घटाउँछ

तुलसीको पत्ताको तेलमा युजिनोल, मिथाइल यूजेनल र क्यारियोफिलिन पाइन्छ । जसबाट पेन्त्रिmयाटिक बिटा सेल्सले राम्ररी काम गर्छ । यसको कारणले शरीरमा इन्सुलिनको मात्रा कायम रहन्छ । ब्लड सुगर पनि ठिक रहन्छ । यसले मधुमेह हुनबाट रोक्छ ।

२. तनावबाट छुटकारा

एउटा अनुसन्धानबाट पत्ता लागेको छ कि तुलसीको पत्ताहरुमा तनावलाई कम गर्ने हार्मोन अर्थात् कोर्टीसोल पाइन्छ । तुलसीको दैनिक १२ वटा पत्ता खाँदा तनावबाट छुटकारा मिल्छ ।

३. क्यान्सरको खतरा कम

तुलसीमा एन्टीअक्सिडेन्ट र एन्टीकार्सिनोजेनिक गुण पाइन्छ । जसले स्तन क्यान्सर र मुखको क्यान्सर बढ्नबाट रोक्छ ।

४. मृगौलाको पत्थरी हटाउँछ

किड्नीको पत्थरी हटाउनका लागि बिहान तुलसीको रसमा मह मिलाएर पिउनुस् । ६ महिनासम्म यसरी पिउँदा किड्नीको पत्थरी मात्रै हट्दैन । यसबाट हुने दुखाईमा पनि आराम मिल्छ ।

५. सासको दुर्गन्ध हटाउँछ

सासको दुर्गन्ध हटाउन पनि तुलसीको पत्ता सहयोगी हुन्छ । प्राकृतिक भएको कारणले यसको कुनै साइड इफेक्ट पनि हुँदैन । यदि मुखबाट गन्ध आइरहेको छ भने तुलसीको केही पत्ता चबाउनुस । तुरुन्तै गन्ध हटेर बास्ना आउन थाल्छ ।

६. टाउकोको दुखाई भगाउँछ

यदि तपाईंलाई साइनसिस, एलर्जी, टाउको दुख्ने र रुघाको समस्या छ भने तुलसीको पत्तिलाई पानीमा राम्ररी उमाल्नुस । र, यसलाई छान्नुस । छानेपछि थोरै थोरै गरेर पिउनुस । यसबाट टाउको दुखेको निको हुन्छ ।

७. आँखालाई आराम

तुलसीको पत्ताको दुई-दुई थोपा रस १४ दिनसम्म आँखामा हाल्दा रतन्धो ठिक हुन्छ । आँखोको पहेँलोपन पनि कि हुन्छ । तुलसीको पत्ताको रस गाजल जसरी आँखामा लगाउँदा आँखाको ज्योति बढ्छ ।

८. ज्वरो ठिक हुन्छ

सबै प्रकारको ज्वरोलाई जरैदेखि निर्मूल गर्न तुलसी प्रभावकारी हुन्छ । २० तुलसीको पत्ता र १० वटा मरिच मिलाएर बनाएको काँडालाई पिउँदा पुरानोभन्दा पुरानो ज्वरो पनि छुमन्तर हुन्छ । पारासिटामोल र एन्टिबायोटिक्स लिनैपर्दैन ।

९. रुघा ठिक गर्छ

१० वटा तुलसीको पत्ता र ४ वटा ल्वाङलाई एक गिलास पानीमा उमाल्नुस् । जब पानी आधा हुन्छ, त्यसमा अलिकति नून हालेर चिया जसरी पिउनुस । यस्तो काँडाबाट रुघा-खोकी तुरुन्त ठिक हुन्छ ।

१०. छालालाई स्वस्थ राख्छ

कुनै पनि प्रकारको छालाको रोगलाई तुलसीले सजिलै ठिक पार्छ । तुलसी घोटेर प्रभावित ठाउँमा लगाउँदा छालाको रोग निर्मूल हुन्छ । तुलसीको पत्ताको रस रातमा अनुहारमा राम्ररी लगाउँदा डण्डीफोरबाट छुट्कारा मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment