+
+
Shares

गुल्मीमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २२ गते १७:५८

२२ कात्तिक, गुल्मी । गुल्मीमा जिपको ठक्करबाट शुक्रबार एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर-२ पिपलधारामा लु १ ज १७१२को जिपको ठक्करबाट सोही ठाउँका ७३ वर्षीय कृष्ण घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले बताए ।

ब्याक गर्नेक्रममा घर्तीलाई जिपले ठक्कर दिएको थियो । जिपको ठक्करबाट घाइते भएका घर्तीको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने जिप र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको रावलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?