Comments Add Comment

नवजात शिशुको हत्या आशंकामा महिला पक्राउ

२२ कात्तिक, हेटौंडा । नवजात शिशुको हत्या गरेकोे आशंकामा प्रहरीले एक महिलालाई हेटौंडाबाट नियन्त्रणमा लिएको छ ।

हेटौंडा उपमहानगरपालिका-१६ हटिया खमारेमा नवजात शिशुको शव फेला परेको जानकारी स्थानीयले दिएपछि घटना स्थल पुगेको प्रहरीको टोलीले अन्दाजी २३ वर्षीया महिलालाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए । मृत भेटिएका शिशु २ दिनको हुन सक्ने उनले बताए ।

शिशु हत्या गरी फालेको हुन सक्ने आशंकामा महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालकोे सिंहले बताए । शिशुको शव स्थानीय खमारे सडक छेउमा फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment