+
+
Shares

अरिङ्गालको टोकाइबाट घाइते युवकको उपचारकै क्रममा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ९ गते १०:५४

९ साउन, गुल्मी। गुल्मीमा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका-५ हसरा निवासी २२ वर्षीय पूर्ण सिउ थामी मगरको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार साउन २ गते राति घर नजिकै रहेको कदमको रुखमा अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले दुवै खुट्टा र दाहिने हातमा धेरै ठाउँमा टोकेको थियो । टोकाइबाट गम्भीर घाइते भएका मगरलाई तत्काल मिसन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएको थियो ।

उपचारका क्रममा उनको अवस्था गम्भीर बन्दै गएपछि सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको थियो । तर, साउन ८ गते राति उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?