+
+
Shares

टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २३ गते ७:१३

२३ कात्तिक, काठमाडौं । काठमाडौंको मुटुमा अवस्थित एकमात्र विशाल खुला स्थान टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिने भएको छ । ‘अकुपाई टुँडिखेल’ अभियानले मानव साङ्लो बनाएर शनिबार बिहान टुँडिखेल घेर्न लागेको हो ।

अतिक्रमणबाट जोगाउन दबाब दिने उद्देश्यले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियान सञ्चालन गरिएको संयोजक विजय श्रेष्ठले बताए ।

विश्व स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार विहान ८ बजे टुँडिखेलमा मानव साङ्लो बनाएर अभियानको औपचारिक सुरुवात गरिने उनले बताए । तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानले जनाएको छ ।

टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो । तर अहिले टुँडिखेलको सानो हिस्सा सार्वसाधारणको पहुँचमा छ भने बाँकी कुनै न कुनै नाममा अतिक्रमित भएको छ ।

कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनेको छ । टुँडिखेल नै मासिने अवस्था आएको भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?