
परिर्वतन हुँदै गरेको मौसमसँगै मानिसहरु आफ्नो घरको सजावटमा पनि विभिन्न परिवर्तनहरु गरिरहेका हुन्छन् । खासगरी जाडो मौसममा त्यो परिवर्तन अनिवार्य जस्तै बन्छ । यो मौसममा मानिसहरु आफ्नो घरलाई तातो तथा न्यानो बनाउने शैलीले परिर्वतन गर्छन् । जसमा पर्दाको कुरा गर्नु पर्दा गर्मी मौसममा हल्का रंगका सुती पर्दा राम्रो हुन्छ भने जाडो मौसममा गाढा रंगका पर्दाहरु लगाउन उपयुक्त हुन्छ । यदि तपाईं पनि जाडोको चिसो हावाबाट बच्न र घरलाई प्राकृतिक तरिकाले तातो राख्न चाहनुहुन्छ भने गाढा रंगका पर्दाहरु हाल्नुपर्छ ।
विन्टर ब्लू
जाडो मौसममा विन्टर ब्लू पर्दाले घरलाई भिन्दै मात्र देखाउँदैन । त्यसले तातोपनको महसुस पनि हुन्छ । यदि तपाईंलाई राम्रो लाग्छ भने योसँग अर्को रंगको पर्दा मिलाउन पनि सक्नुहुन्छ । ड्राईङ रुममा यस प्रकारको पर्दा धेरै सुहाउँछ । यदि तपाईंलाई मनपर्छ भने यस रंगमा प्रिन्टेड पर्दा पनि छान्न सक्नुहुन्छ ।
ब्राउन कलर
ब्राउन कलरको पर्दा पनि जाडो मौसमका लागि उपयुक्त हुन्छ किनभने यसले पनि तातोपनको महसुस गराउँछ ।
मरुन कलर
मरुन रंगको पर्दाले केवल घर तातो हुने मात्र होइन यसले घरलाई डेकोरेटिव लुक पनि दिन्छ ।
पहेलो रंग
गर्मीमा हल्का पहेलो रंगले शितलताको अनुभव गराउँछ भने जाडोयाममा गाढा पहेँलो रंगको पर्दाले घरलाई तातोपनको महसुस गराउँछ । तपाईंले भित्ताको रंग र फर्निचरको रंगसँग मेल खाने किसिमले पहेलो पर्दा हाल्न सक्नुहुन्छ ।
अरेन्ज कलर
जाडोयाममा सुन्तला अथवा अरेन्ज कलरको पर्दा पनि राम्रो उपाय हो । यो रंगको पर्दाले घरको साथै मूड पनि फ्रेस पारिदिन्छ ।
बैजनी कलर
जाडोयाममा बैजनी रंगको पर्दा लगाउन सक्नुहुन्छ । यो कलरको पर्दाले रोयल लुक दिनुको साथै कोठालाई तातापन प्रदान गर्छ ।
रेड कलर
जाडो मौसममा गाढा रातो रंग उपयुक्त हुन्छ । तपाई भेल्भेट फेब्रिकमा पनि यो रंगको पर्दाको छनौट गर्न सक्नुहुन्छ । जसले गर्दा बाहिरको चिसो हावा कोठा भित्र पस्न पाउँदैन ।
प्रिन्टेड कर्टन
हिजोआज प्रिटेन्ड पर्दाको ट्रेन्ड बढ्दै गएको छ । तपाईं जाडोयामको लागि डार्क प्रिन्टेड पर्दा छनौट गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया 4