Comments Add Comment

बाजुरामा पेस्तोल र विस्फोटक पदार्थसहित १६ जना पक्राउ

२४ कात्तिक, काठमाडौं । बाजुरामा प्रहरीले पेस्तोल र विस्फोटक पदार्थसहित १६ जनालाई नियन्त्रणमा लिएको छ ।

गौमुल गाउँपालिका-३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका-३ जिनावाङका ५२ वर्षीय चुडामण वलीसहित १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने ३ राउण्ड गोली, फलामको खाली सकेट १ थान, बारुद २ किलो २ सय ग्राम, एउटा प्रेशरकुकर बम, इलेक्ट्रोनिक कमर्सियल डेटोनेटर ८ थान, बिजुलीको तार, मैनबत्ती, पिलास, टेप र कैंची तथा सैन्य तालिम सम्बन्धी कागजात बरामद गरेको छ ।

पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको हुनसक्ने प्रहरीको बताएको छ ।

उनीहरू शुक्रबार पक्राउ परेको भए पनि प्रहरीले आइतबार मात्रै सार्जनिक गरेकाे छ । तर, नियन्त्रणमा लिइएका वली बाहेक अरूको ना खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment