
२४ कात्तिक,बझाङ । बुङगल नगरपालिकामा खर काट्न गएकी एक महिलाको खसेर लडेर मृत्यु भएको छ । मुत्यु हुनेमा बुङगल नगरपालिका-५ की ३२ वर्षीया अन्जना धामी रहेकी छिन् ।
खर काटने क्रममा उनी वीरेखोला, किलाहाल्ले भिरबाट लडेकी हुन् । धामी शनिबार खर काट्न गएकी थिइन् । साँझसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा धामी आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4