+
+
Shares

पाटेबाघबारे पहिलो नेपाली पुस्तक प्रकाशित

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २४ गते १६:४८

२४ कात्तिक, काठमाडौं । नेपाली पाठकहरूले अब आफ्नै भाषामा नेपाल लगायत दक्षिण एसियाका भारत, बङ्गलादेश र भुटानमा पाइने दुर्लभ पाटेबाघबारे जान्न पाउने भएका छन् ।

चरा विशषेज्ञको रुपमा चिनिएका हेमसागर बरालद्वारा लिखित ‘पाटेबाघ’ पुस्तक काठमाडौँमा आइतबार लोकार्पण गरिएको छ । जुलोजिकल सोसाइटी अफ लण्डनका नेपाल प्रतिनिधिसमेत रहेका बरालले आफूले चितवनमा पथ प्रदर्शक हुँदादेखि चरामा विद्यावारिधी गर्दासम्म र त्यसपछिका विभिन्न अनुभवहरू सङ्गालेर पुस्तक तयार पारेको बताए ।

‘सय वर्षअघि संसारमा भएका बाघहरूको सङ्ख्याको अहिले १० प्रतिशत मात्रै बाँको छ,’ बरालले भने, ‘यो पुस्तकले बाघका बारेमा थप पुस्तकहरू प्रकाशन गर्ने शोधकर्ताहरूलाई प्ररेणा दिनेछ ।’

हिमाली प्रकृतिद्वारा प्रकाशित १३० पृष्ठको पुस्तकमा फोटोग्राफरहरू सागर गिरि र प्रद्योत राणाले विभिन्न समयमा खिचेका बाघका तस्विरहरू पनि समावेश गरिएको छ ।

पाटेबाघका बारेमा जान्न चाहनेका लागि अहिलेसम्म विदेशी लेखकहरूले उनीहरूकै भाषामा लेखेको पुस्तक मात्र रहेका वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागका उप-निर्देशक रामचन्द्र कँडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?