Comments Add Comment

वीरगञ्जमा ‘मोहम्मद डे’, हेर्नुस् ६ तस्वीर

२४ कात्तिक, वीरगञ्ज । वीरगञ्जका मुस्लिम धर्मालम्वीले आईतबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाएका छन् । ‘मोहम्मद डे’ भनिने मोहम्मद पैगम्बरको जन्मदिनमा वीरगञ्जका विभिन्न स्थानबाट मुस्लिम समुदायले र्‍याली निकाले ।

र्‍याली सहित उनीहरु घण्टाघर, माईस्थान, आदर्शनगर, विर्ता, छपकैया लगायत नगरको विभिन्न भागमा पुगेका थिए ।

वीरगञ्जको लाठगल्ली, श्रीपुर, मुर्ली, छपकैया लगायतका स्थानमा रहेका मस्जिदहरुबाट व्यानर सहित र्‍याली निकालिएका थिए । इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ती मनाउने गरिन्छ ।

उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिएको मुस्लिम समुदायका अगुवाहरु बताउँछन् । वीरगञ्ज- १३ नयाँटोलका मञ्जुर अली शेख मोहम्मद डेमा मस्जिदमा हिन्दु धर्माबलम्बीले अष्टजाम गरेजस्तै प्राथना हुने बताए ।

जसलाई मुस्लिम समुदायले जलसा ईद मिलादुन नवी, तकरिर गर्ने भन्दछन् । एकदमै उत्साहपूर्वक मोहम्मदको सम्झना गरेर मनाईने पर्वमा गाउँमा भोजको अयाोजना गरेर यतिम खानाका बालबालिकालाई समेत खुवाउने गरिन्छ ।

प्रदेश नं २ मा मोहम्मद डेको अवसरमा प्रदेश सरकारले आईतबार सर्वाजानिक विदा समेत दिएको छ ।

लामो समयदेखि मुस्लिम समुदायले मुस्लिम आयोग गठन गर्नुपर्ने, हज कमिटीलाई व्यवस्थित बनाउनुपर्ने, मदरसामा अन्य सरकारी विद्यायालय सरह सुविधा दिनुपर्ने लगायतका माग राख्दै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment