Comments Add Comment

भारतीय दूतावासतर्फ गएको राप्रपाको जुलुसमा प्रहरी हस्तक्षेप

२४ कात्तिक, काठमाडौं । भारतको नयाँ नक्साको विरोधमा भारतीय दूतावासतर्फ अघि बढेको राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

राप्रपाको युवक संगठनले निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गर्दै लाठी चार्ज गरेको हो । प्रहरीको लाठीले राप्रपाका सहायक प्रवक्ता रमानन्द न्यौपाने, युवक संगठनका उपाध्यक्ष मणि शिंखडा, महासचिव जगदिशराज भण्डारी, विद्यार्थी संगठनका प्रवक्ता छत्र खडायत, कर्ण माझी र सशी भण्डारीलगायतका नेता कार्यकर्ता घाइते भएका राप्रपाले जनाएको छ ।

राप्रपा पार्टी कार्यालय धुम्बाराहीबाट विशालनगर, भाटभटेनी, गैरीधारा हुँदै भारतीय दूतावास लैनचौरतर्फ गएको राप्रपाको जुलुसलाई प्रहरीले उत्तरढोका नजिक रोकेर लाठीचार्ज गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाए । शान्तिपूर्ण विरोध प्रदर्शनमा हस्तक्षेप गरेको भन्दै उनले सरकारको विरोध गरे ।

प्रहरीले राप्रपाका २० भन्दा धेरै  कार्यकर्ता पक्राउ परेको भन्दै उनीहरुलाई अविलम्ब रिहाई गर्न श्रेष्ठले विज्ञप्तिमार्फत माग गरेका छन् । राप्रपाले राष्ट्रियताको विषयमा गम्भीर बन्न पनि सरकारलाई आग्रह गरेको छ ।

भारतले सार्वजनिक गरेको नयाँ नक्शामा नेपालको लिम्पियाधुरासमेत समेटिएको भन्दै केही दिनयता नेपालमा विरोध चर्किएको छ । शुक्रबार सत्तारुढ नेकपाको भातृ संगठनले भने लैनचौरमा भारतीय दूतावास अगाडि नै विरोध प्रदर्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment