+
+

समृद्धि फाइनान्स उद्घाटन गर्दै गभर्नरले भने– बैंकमा धेरै नाफा कमाउन नखोज्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २५ गते १३:२२

२५ कात्तिक, काठमाडौं । गभर्नर डा. चिरञ्जीवी नेपालले सञ्चालकले व्यक्तिगत रुपमा नाफा आर्जन गर्न कतिपय वित्तीय संस्थामा समस्या देखिएको बताएका छन् ।

सोमबार समृद्धि फाइनान्स कम्पनीको उद्घाटन गर्दै उनले धेरै सञ्चालकले बैंक तथा वित्तीय संस्थालाई बिजनेसको रुपमा लिने गरेको टिप्पणी गरे । ‘बैंक वित्तीय संस्था भनेको पव्लिक हो, प्राइभेट हुदै होइन’ गभर्नर नेपालले भने, धेरै नाफा कमाउनु छ भने अन्तै विजनेस गर्नुस् ।’

बैंक तथा वित्तीय संस्थाहरु पब्लिक कम्पनी भएका कारण संस्थाले नागरिकको विश्वास जितेर काम गर्नुपर्ने उनले बताए । बैंकिङ क्षेत्रमा प्रविधि अहिले मुख्य चुनौती देखिएकाले त्यसमा लगानी बढाउन गभर्नर नेपालले सुझाव दिए ।

वर्ल्ड  मर्चेन्ट एण्ड बैंकिङको नाममा २०५७ सालमै कारोबार गरेको यस संस्था बीचमा समस्याग्रस्त घोषित भएको थियो । फाइनान्सले कार्तिक २५ गते सोमबारदेखि नयाँ नामबाट नयाँ कार्यसमितिसहित समृद्धि फाइनान्सकोे नामबाट कारोबार सुरु गरेको छ । संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुष्पप्रसाद श्रेष्ठ रहेका छन् ।

नयाँ नामबाट कारोबार शुरु गरेसँगै कम्पनीले कर्जा तथा लगानीका विभिन्न स्कीम सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?