Comments Add Comment

गाँजाखेती नष्ट गर्न प्रदेश १ मा प्रहरीको सर्च अभियान, ५ जिल्लाबाट १ लाख ८५ हजार बोट नष्ट

२५ कात्तिक, विराटनगर । प्रदेश-१ का पाँच जिल्लाबाट प्रहरीले १ लाख ८५ हजार गाँजाको बोट फडानी गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सर्च अभियानको क्रममा धनकुटा, खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र इलाममा गरी १ लाख ८५ हजार भन्दाबढी गाँजाको बोट नष्ट भएको हो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शेखर कोइरालाका अनुसार पछिल्लो एक महिनायता प्रहरीले गाँजा फडानी अभियान सञ्चालन गरेको हो ।  अभियानका क्रममा धनकुटाको शहिदभूमि, साँगुरीगढी र आँखिसल्लामा करिब २ सय रोपनीमा क्षेत्रमा लगाएको १ लाख ५० हजार गाँजाको बोट फडानी गरेको छ ।

खोटाङको हलेशी तुवाचुङ नगरपालिका–१ र २ का डिकुवा, दाम्ली र बाँहुनीडाँडाबाट ५ हजार, भोजपुरको हतुवागढी गाउँपालिका– ९ मुस्ताङ र थुम्की मा ३२ रोपनीमा लगाइएको १२ हजार ५ सय र उदयपुरको कटारी तथा ताप्ली गाँउपालिकामा ४० रोपनीमा लगाएको २५ हजार बोट गाजा फडानी गरेको हो ।

सुनसरी देवानगञ्जबाट ३ सय र इलामको देउमाई नगरपालिकाका बाट ९० बोट गाजा फडानी गरेको हो ।

धनकुटाबाट सर्दै गाँजा खेती

प्रदेश प्रहरी प्रवक्ता कोइरालाका अनुसार धनकुटा बाहेकका स्थानमा पहिलो पटक प्रहरीले सर्च अभियान चलाएको थियो । धनकुटा गाँजा उत्पादनको केन्द्र मानिन्छ ।

अन्य क्षेत्रबाट पनि गुनासो आएका कारण प्रहरी सर्च अभियान सञ्चालन गर्दा गाँजा खेती भेटिएको थियो । ‘हामी अझै सर्च अभियानमा नै छौं,’ कोइरालाले भने, ‘अन्य ठाउँमा पनि खेती भएको हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment