Comments Add Comment

शिल्पालाई पक्राउ नगर्ने आन्तरिम आदेश खारेज

चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको विवादमा नयाँ ट्विस्ट तब आयो, जब छवि ओझाको जेठी श्रीमती हेमाकुमारी ओझाले यी दुईविरुद्ध बहु–विवाहको मुद्दा हालिन् । उक्त मुद्दा दर्ता भएपछि जिल्ला अदालतले छवि-शिल्पालाई छानविनको लागि पक्राउ पुर्जी जारी गर्‍यो ।

पक्राउ पुर्जी जारी भएपछि नायिका शिल्पा पोखरेलले आफूलाई पक्राउ नगर्न सर्वोच्च अदालतमा निवेदन दिइन् । उक्त रिट निवेदन खारेज गर्नको लागि सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबार न्यायाधीश ईश्वर खतिवडा र मनोजकुमार शर्माको इजलासले उक्त रिट खारेज गर्ने निर्णय गरेको हो ।

शिल्पाले गत साउन २९ गते आफूलाई प्रकाउ नगर्न निवेदन दिएकी थिइन् । भदौ १ गते अदालतले शिल्पालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशपछि नायिका शिल्पा विभिन्न कार्यक्रमहरुमा हिँडिरहेकी थिइन् । निर्माता छविराज भने गुपचुप छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment