+
+
Shares

कांग्रेसले भन्यो : सुगौली सन्धिको आधारमा नेपालको नक्शा

नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई सहयोग गर्छौं : प्रवक्ता शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २६ गते १७:२८

२५ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने सरकारलाई सहयोग गर्ने बताएको छ ।

‘यो विषयलाई टुङ्गोमा पुर्याउन लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको हाम्रो भूगोलको नक्साङ्कन गर्ने विषयमा सरकारलाई हाम्रो सम्पूर्ण रुपमा साथ र सर्मथन रहन्छ’ मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

केही दिन अघि भारत सरकारले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई आफ्नो नक्सामा समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपालमा त्यसको विरोध भइरहेको छ ।

सोमबार मात्रै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो ।

मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता शर्माले पनि १८१६ को सुगौली सन्धिका बेला जे नक्साङ्कन भएको थियो त्यही तथ्यको जगमा नेपाल अगाडि जानुपर्नेमा जोड दिए ।

‘सरकारले गर्ने जरुरी पहलबारे हामी सतर्कतपूर्वक नियालिरहेका छौं । सम्पूर्ण राष्ट्रिय एकता निर्माण भएको यो कालखण्डमा परिणाममूखी पहल गर्न सरकार समर्थ हुनुपर्ने र हुने विश्वास नेपाली कांग्रेसले लिएको छ’ प्रवक्ता शर्माले भने ।

निर्वाचन आयोगको अभिव्यक्तिप्रति आपत्ति

प्रवक्ता शर्माले सरकारले सातवटै प्रदेशको प्रदेश प्रमुखको नियुक्ती र पदमुक्त गर्नु निर्वाचन आचारसंहिता विपरीत भएको बताए ।

तर, निर्वाचन आयोगले नै उक्त कार्य आचारसंहिता विपरीत नभएको भनी सार्वजनिक रुपमा अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति प्रकट गरे । ‘निर्वाचन आयोगले नै प्रदेश प्रमुखको पदमुक्त र नयाँ नियुक्ति आचारसंहिता विपरीत छैन भनेको सुन्यौं । यो आपत्तिजनक छ’ शर्मा भन्छन्, ‘संवैधानिक निकायले यस्तो भन्दा आगामी निर्वाच्न निष्पक्ष रुपमा हुन्छ भन्ने विषयलाई शंकाको रुपमा लिएका छौं ।’

प्रवक्ता शर्माले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई आचारसंहिताको नैतिकतामा उभिएर स्वच्छ प्रतिस्पर्धामा उत्रन आग्रह गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?