Comments Add Comment

अजयको फिल्म परिणितीले छाडिन्

बलिउड नायिका परिणिती चोपडाले नायक अजय देवगणको चलचित्रमा काम नगर्ने भएकी छिन् । अजयले मस्टिस्टारर चलचित्र ‘भिजुः दि प्राइड अफ इन्डिया’ नामक चलचित्र निर्माणको तयारी गरिरहेका थिए । चलचित्रको लागि परिणिती पक्का थिइन् । तर, समय नमिलेपछि परिणितीले यो चलचित्रबाट हात झिकेकी हुन् ।

परिणिती अहिले साइना नेहावालको बायोपिक चलचित्रमा काम गर्ने तयारी गरिरहेकी छिन् । यो चलचित्रको लागि परिणितीले धेरै समयदेखि मिहिनेत गरिरहेकी छिन् । व्याडमिन्टन खेलाडी साइनाको बायोपिकमा काम गर्नको लागि परणितिले लामो समयदेखि यो खेल पनि सिकिरहेकी छिन् ।

यो चलचित्रपश्चात परिणितीले ‘दि गर्ल अन दि ट्रेन’को रिमेक चलचित्रमा काम गर्दैछिन् । यो चलचित्रको लागि पनि परिणिति पक्का भैसकेकी थिइन् । यो चलचित्रसँग अजयको चलचित्रको छायांकन समय जुध्ने भएपछि परणितीले चलचित्रबाट हात झिकेकी हुन् ।

अजयको चलचित्र भाजुमा परिणितीको भूमिका निकै दमदार भएको निर्माणपक्षले बताइरहेको छ । चलचित्रमा संजय दत्त, अजय देवगण, सोनाक्षी सिंहा लगायतका कलाकारले अभिनय गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment