+
+

एनएमबी बैंकद्वारा महिलालाई ३ महिने सिलाइकटाइ तालिम

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २७ गते १६:०७

२७ कात्तिक, बुटवल । एनएमबी बैंकले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तीन महिने व्यावसायिक प्रशिक्षण सुरु गरेको छ ।सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एनएमबी बैंक मणिग्राम शाखाले महिलाका लागि सिलाइकटाइ तालिम सुरु गरेको हो ।

मणिग्राममा बुधबारदेखि सुरु भएको तालिमको उदघाटन तिलोत्तमा नगरपालिका वडानम्बर ५, ६ र ९ का वडाअध्यक्षले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा बोल्दै एनएमबी बैंकका सँस्थापक एवम् समाजसेवी रोमणिप्रसाद पाठकले सीपमूलक तालिम लिएपछि व्यवहारमा त्यसको उपयोग हुनुपर्ने भन्दै व्यवसाय गर्न चाहनेलाई पैसाको अभाव नहुने बताए ।

बैंकका प्रदेश पाँच कार्यालयका प्रमुख सुरेन्द्रमान महर्जनले बैंकले सामाजिक क्षेत्रमा पनि आफूलाई अग्रणी बनाएको उल्लेख गर्दै महिलाहरु स्वरोजगार भएमात्रै आर्थिक समृद्धिको नारा सार्थक हुने बताए ।

बैंकका प्रदेश प्रबन्धक कमल न्यौपानेले बैंकले सामाजिक क्षेत्रमा पनि योगदान पुर्‍याउँदै आएको भन्दै आगामी दिनमा सामाजिक उत्तरदायित्वको क्षेत्रलाई अझ बिस्तार गरेर लैजाने बताए ।

बैंकका मणिग्राम शाखा प्रमुख युवराज पाठकले स्थानीय सरकारसँगको सहकार्यमा महिलाहरुलाई तीन महिने सिलाइकटाइ तालिम प्रदान गर्न सुरु गरिएको भन्दै आगामी दिनमा तालिम लिएका महिलाहरु व्यवसायी बनेको हेर्न चाहेको बताए । तालिममा तिलोत्तमा वडा नम्बर ५, ६ र ९ का ३० जना महिला सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?