+
+
Shares

भारतले पुनर्निर्माणका लागि दियो थप ३ अर्ब १० करोड

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २७ गते १९:३२

२७ कात्तिक, काठमाडौं । नुवाकोट र गोर्खा जिल्लामा आवास निर्माणका लागि भारत सरकारले प्रदान गरेको तेस्रो किस्ताको शोधभर्नाका लागि सहुलियत क्रण व्यवस्थामार्फत ३ अर्ब १० करोड -२७.९ मिलियन अमेरीकी डलर) नेपाल सरकारलाई प्राप्त भएको छ । भारत सरकारको तर्फबाट भारतीय निर्यात-आयात बैंक (एक्जिम) ले यो रकम दिएको हो ।

नुवाकोट तथा गोरखा जिल्लाका ५० हजार निजी घर पुनर्निर्माणका लागि एक्जिम बैंकले क्रण व्यवस्थामार्फत ५० मिलियन अमेरीकी डलर उपलब्ध गराउने वाचा गरेको थियो ।

यसका अतिरिक्त भारतले यी घरहरुको निर्माणका लागि अनुदान स्वरुप १०० मिलियन अमेरीकी डलर उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो ।

भारतले हालसम्म पहिलो र दोस्रो किस्ता गरी ६ अर्ब ९६ करोड (६९.६ मिलियन अमेरीकी डलर) बराबरको सहयोग प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?