Comments Add Comment

मुख्यमन्त्रीको चिन्ता : बुटवल–भैरहवा क्षेत्रमा आर्थिक अपराध बढ्यो

२८ कात्तिक, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवल भैरहवा क्षेत्रमा आर्थिक अपराध बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

रुपन्देही ब्यापार संघको १८ औं साधारणसभा तथा १० औं अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले आर्थिक अपराधको जग भनेकै कर नतिरेको आय भएको प्रष्ट पारे । ‘बैकिङ कारोबारमा जाँदैनन्, मिटर ब्याजमा जान्छन् । मिटर ब्याज अपराधको कारण बन्छ’ उनले भने, ‘शुरुमा लाभ हुन्छ, पछि ट्रयापमा पर्छन् ।’

उनले अघि भने, जसलाई प्रयोग गरेर रकम उठाउन लगाइन्छ, उनी नै पछि लुटेरा समुह बन्छन् । यसलाई व्यवसायीले निरुत्साहित गर्नुपर्छ ।’

दुईचार वित्ताका लागि अदालत नधाउनूस्

मुख्यमन्त्री पोखरेलले बुटवलको राजमार्ग चौराहा—चिडियाखोला सडक बिस्तारमा ब्यवसायीकै नेतृत्वमा अदालतमा मुद्धा हालिनु दुःखद् भएको बताए ।

सडक विस्तारमा सहयोगको आग्रह गर्दै उनले भने, ‘सडक मिचेका घरमा बैंक भए बैंक हटानुस्, ब्यापार भए ब्यापार छाड्नुस्, बुटवल बनाउन तपाईंको योगदान होस् ।’

बुटवलको मुख्य बाटो रोक्दा नोक्सान ब्यबसायीहरुलाई नै हुने भन्दै उनले तत्काल हेरेर भबिश्य नगुमाउन आग्रह गरे । उनले भने ‘कालिकापथमा पनि मुद्धा चल्दैछरे, मुद्धा फिर्ता गर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment