Comments Add Comment

‘पल्सर डेयर भेन्चर ४’ नोभेम्बर १६ बाट टेलिभिजनमा

२८ कात्तिक, काठमाडौं । “पल्सर डेयर भेन्चर सिजन ४” आउँदो शनिबारबाट शुरु हुने भएको छ । बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट लिएर आएको हो ।

पल्सर डेयर भेन्चर ४ यहि शनिबार अर्थात नोभेम्बर १६ तारिकबाट राति ९ बजेदेखि एपी १ एचडी टिभीमा प्रसारण हुँदैछ ।

पल्सर डेयर भेन्चर नेपालको सबैभन्दा लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी शो हो । पहिलो पटक पल्सर डेयर भेन्चरले अन्तर्राष्ट्रिय सिमाना पार गरेर १२ जना साहसी र निडर राइडरहरुलाई बाइकरहरुको सबैभन्दा लोकप्रिय गन्तव्य, लद्दाखमा लगेको छ ।

राइडरहरुले आफ्नो बाइकिङ सीप र प्रतिभा प्रदर्शन गर्नुका साथै यात्रा भरि असीमित रोमान्चक अनुभव बटुलेका छन् । सिमावर्ती बाइक यात्राको अनुभव र मज्जा लिनुका साथै विजेताले रु १० लाख नगद र नयाँ पल्सर एनएस २०० प्राप्त गर्नेछन् ।

पल्सर डेयर भेन्चरले ३ वटा सिजन पूरा गरिसकेको छ जुन क्रमश सन् २०१४, २०१५ र २०१७ मा शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment