Comments Add Comment

हेर्नुहोस् पत्रपत्रिका वर्गीकरणको नतिजा, कुन पत्रिका कुन वर्गमा परे ?

२९ कात्तिक, काठमाडौं । प्रेस काउन्सिल नेपालले देशभरका ७ सय ६६ पत्रपत्रिकाको २०७४/७५ को वर्गीकरण नतिजा सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक नतिजाअनुसार क वर्गमा १५७, ख वर्गमा ३२१, ग वर्गमा २३९ र घ वर्गमा ४९ वटा परेका छन् ।

वर्गीकरण प्रक्रियामा ९ सय १२ पत्रपत्रिका सामेल भएकामा ३१ वटा हुबहुमा परेको र एउटाको अंक नपुगेकाले बर्गीकरणमा सामेल नगरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिए । आवश्यक कागजात पेश नगरेका ६३ र जवाफ पेश नगर्ने ५१ वटा गरी ११४ वटाको वर्गीकरण नतिजा स्थगित गरिएको छ ।

वर्गीकरणमा परेका ७६६ मध्ये राष्ट्रियस्तरका १५६, प्रदेशस्तरका १४२ र स्थानीय स्तरका ४६८ वटा कायम भएका छन् । वर्गीकरणमा सामेलमध्ये १४९ वटा दैनिक, ३ वटा अर्धसाप्ताहिक, ४६५ वटा साप्ताहिक, १२ वटा पाक्षिक, ७० वटठा मासिक, द्वैमासिक र त्रैमासिक ११, र साहित्यिक र भाषिक गरी ५६ वटा रहेका छन् ।

कसरी गरिन्छ वर्गीकरण ?

प्रेस काउन्सिल नेपालका अनुसार प्रेस काउन्सिल ऐन २०४८ को दफा १० अनुसार गठित वितरण सम्परीक्षण समितिले पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्ड २०६६ (परिमार्जन २०७५) को आधारमा वर्गीकरणको प्रतिवेदनतयार गर्छ ।

समितिले गत असोज १४ गते पेश गरेको प्रतिवेदनको आधारमा काउन्सिलले २०७४/७५ को नतिजा सार्वजनिक गरेको हो । यो नतिजामा चित्त नबुझ्नेले १५ दिनभित्र पुनर्योग र पुनः मूल्यांकनका लागि निवेदन दिन सक्ने काउन्सिलका सहप्रशासकीय अधिकृत खनालले जानकारी दिए ।

हेर्नुहोस् नतिजा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment