Comments Add Comment

‘म यस्तो गीत गाउँछु २’मा रोमान्टिक पल र पूजा(फोटो फिचरसहित)

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीतको छायांकन सकिएको छ । करिब ७ दिन लगाएर यसको टिमले चलचित्रको छायांकन नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरेको हो ।

अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन छ । यो गीतमा चलचित्रका मुख्य कलाकारहरु नायिका पूजा शर्मा र नायक पल शाह रोमान्टिक देखिएका छन् । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । यो गीतका लागि मात्र करिब ५ सय कोरसलाई समावेश गरिएको निर्देशक थापाले जानकारी दिए । नेपाली चलचित्रको गीतमा यती धेरै संख्यामा कोरस प्रयोग गरिएको संभवत पहिलो पटक हो ।

चलचित्रमा दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रलाई शिवम् अधिकारीले लेखेका हुन् ।


‘म यस्तो गीत गाउँछु’ बक्स अफिसमा सुपरहिट भएको चलचित्र हो । त्यसैको सिरिजको रुपमा निर्माण भएको यो चलचित्रले पनि बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा निर्माणपक्षको छ । गीतको बिषयमा निर्देशक थापाले भने–‘हामीले चलचित्रका कुनै पनि गीत तथा दृश्यमा संझौता गरेका छैनौ । गीतले मागेको लोकेशन अनुसार नै भिडियो खिचिएको छ ।’

फागूणको २३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । चलचित्रको पहिलो प्रचार सामाग्रीका रुपमा यो गीतलाई सार्वजनिक गर्ने तयारी यसको निर्माणपक्षको छ । यो गीत छायांकनका लागि केवल तामाङले स्थानिय व्यवस्थापनको जिम्मा लिएका थिए । चलचित्रका निर्माण नियन्त्रक सुरज आचार्य र सुदिप ढकाल हुन् ।

यो चलचित्रलाई काठमाण्डौमा रिच इन्टरटेन्मेन्ट र जीजीए गु्रप र काठमाण्डौ बाहिर एफडी कम्पनीले वितरण गर्नेछ । सांगीतिक प्रेमकथामा यो चलचित्र निर्माण भएको छ । चलचित्रको छायांकन सुरु भएको करिब ४५ दिन भएको छ । तर, अझै छायांकन सक्न् १५ दिन लाग्ने निर्माणपक्षले बताएको छ । यो चलचित्रलाई सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो । सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको चलचित्रमा जन्मजय साम्पाङ राइ सह–निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment