Comments Add Comment

बलात्कार आरोपमा नेकपा र कांग्रेसका दुई नेता जेल चलान

१३ कात्तिक, काठमाडौं । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संघ र कांग्रेसको विद्यार्थी संगठनका एक/एकजना नेतालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

महानगरीय प्रहरी परिसर, जावलाखेलको टोलीबाट ३ कात्तिकमा पक्राउ परेका दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो ।

यो पनि पढ्नुहोस बलात्कार आरोपमा नेकपा र कांग्रेसका दुई नेता पक्राउ

जिल्ला अदालत ललितपुरले शुक्रबार आदेश लिएलगत्तै दुवैलाई नख्खु कारागार चलान गरिएका ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङले अनलाइनखबरलाई बताए ।

पोखरेल पूर्वएमालेको युवा संघको उद्योग तथा समृद्धि विभागको सदस्य हुन् भने गजुरेल नेविसंघको पूर्वकेन्द्रीय सदस्य र हाल कांग्रेस नुवाकोट जिल्ला सदस्य थिए ।

दुवै जनाले मिलेर २९ असोजमा ललितपुरमा १९ वर्षीय युवतीमाथि बलात्कार गरेको अभियोग थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment