Comments Add Comment

थाइल्याण्डकी पोर्नतिप अन्तिम चारमा

२९ कात्तिक, काठमाडौं । थाइल्याण्डकी पोर्न बुरानाप्रसेर्तुक योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्ज २०१९ को महिला एकलमा अन्तिम चारमा पुगेकी छन् । पहिलो बरियता प्राप्त पोर्नले शुक्रबार सम्पन्न क्वाटरफाईनल खेलमा पाचौं बरियताकी अष्ट्रेलियाकी श्वान यु वेन्डी चेनलाई २१–११, २१–११ को समानअन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी हुन् ।

अब उनले फाइनल प्रवेशका लागि जापानकी रिको गुन्जीसँग प्रतिस्पर्धा गर्नेछिन् । गुन्जीले प्रतियोगितामा आठौं स्थान प्राप्त भारतकी तन्भी लाडलाई २१–१९, २१–१६ ले पराजित गरिन् ।

यसैगरी अन्तिम चार प्रवेश गर्ने अन्य खेलाडीहरुमा जापानकी अकारी नाकासिजु र कोरियाकी गा युन पार्क रहे । अकारीले भारतकी प्रतियोगितामा तेश्रो स्थान प्राप्त गरेकी भारतकी मुग्धा आग्रेलाई २१–१४, २०–२२ र २१–१५ ले तथा पार्कले कोरियाकै सियोङ्ग मिन किमलाई २१–१९, २१–१९को समान अन्तरले पराजित गरे ।

महिला युगलतर्फ अष्टे«लियामा सेत्याना मापसा र ग्रोन्या सोमरभिल्लेको जोडी भारतका कुहु गर्ग र अनुष्का पारिखलाई २१–११, २१–१० ले तथा भारतका के. मनिषा र रुतपर्ना पान्डाको जोडीले कोरियाका किम मिन जी र गा युन पार्कको जोडीलाई २१–२३, २१–१०, २१–१७ ले पराजित गर्दै अन्तिम चारमा भिडन्त पक्का गरे ।

यस्तै थाइल्याण्डका चासिनी कोरेपाप र क्वान्छानोक सुद्जाईप्रपरतको जोडी तथा रुईथाचोनोक लाईसुवान र सुपामार्त मिङ्गचुवाको जोडीले पनि अन्तिम चारमा स्थान बनाए । दोश्रो स्थान प्राप्त चासिनी र कोरेपापको जोडीले भारतका अपर्ना बलान र त्रिसा जोलीको जोडीलाई २१–१३, २१–१७ ले तथा लाइसुवान र मिङ्गचुवाको जोडीले बंगलादेशका अक्तर सल्पा र अलिना सुल्तानको जोडीलाई २ज्ञ–१४, २०–२२ र २१–१५ ले पन्छाउँदै सेमिमा स्थान बनाएका हुन् ।

पुरुष युगल तर्फ भारतका एमआर अर्जून र ध्रुव कपिलाको जोडी अष्ट्रेलियाका सिमोन विङ्ग हाङ्ग ल्युङ्ग र मिचेल ह्विलरको जोडीलाई २१–५, २१–१६ ले पछि पार्दै अन्तिम चारमा पुगे ।

यस्तै कोरियाका ना सुङ्ग सिउङ्ग र वाङ्ग छानकाको जोडीले थाइल्याण्डका चालोएम्पोन चारओएन्कीतामोर्न र कित्तिसाक नामदासको जोडीलाई २१–१८, १७–२१, २१–१७ ले, भारतका आत्री मनु र रेड्डी बि. सुमेथको जोडीले जापानका सोतारो ईनामित्सु र रिकी ताकेईको जोडीलाई २१–१२, २१–१५ ले तथा कोरियाका किम दुक्योङ्ग र किम सा राङ्गको जोडीले थाइल्याण्डका रुत्तनपाक आउपथोङ्ग र नान्थाकार्न योर्दफाइसोङ्गको जोडीलाई २१–१०, २२–२० को अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment