Comments Add Comment

हात्तीको आक्रमणबाट चितवनमा बाबु–छोराको मृत्यु

Photo Credit : जंगली हात्तीको आक्रमणबारे जानकारी पाएपछि सडकमा रोकिएका यात्रुहरू ।

३० कात्तिक, चितवन । जंगली हात्तीको आक्रमणबाट चितवनमा बाबु–छोराको मृत्यु भएको छ ।

लु३१प २९११ नंको मोटरसाइकलमा सवार माडी नगरपालिका– १, बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको शनिबार बिहान जंगली हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरिक्षक हर्कबहादुर विश्वकर्माले मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ गइरहेका बाबु–छोराको गर्दामाडी नगरपालिका–९, पुरानो अम्बुबा पोष्टनजिकै हात्तीले आक्रमण गर्दा ज्यान गएको जानकारी दिए ।

प्रहरीका अनुसार हात्तीले एक रात्रिबस र बलेरोलाई सोही स्थानमा आक्रमण प्रयास गरेको थियो । यद्यपि, दुवै सवारी आक्रमणबाट जोगिएका थिए ।

हात्तीको आक्रमणबाट २ जनाको ज्यान गएपछि वरपर त्रास फैलिएको छ ।

चितवनमा जंगली हात्तीले ज्यान लिएको यो पहिलो घटना भने होइन । एक महिनाअघि माडी नगरपालिका–१ मा जंगली हात्तीको आक्रमणबाट स्थानीय पञ्चमाया तामाङको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment