Comments Add Comment

देउरालीबाट कुलेखानी चिहाउँदा…

३० कात्तिक, काठमाडौं । मकवानपुरको उत्तरी क्षेत्रको सुन्दरताबारे काठमाडौंमा बस्ने धेरैलाई जानकारी छैन होला। काठमाडौंबाट करिब २ घण्टामा पुग्न सकिने मकवनपुरको कुलेखानी तथा थाहा क्षेत्र पर्यटकीय गन्तब्यका रुपमा फस्टाउँदो छ ।

दक्षिणकाली हुँदै हेटौंडा जाने वैकल्पिक सडकसमेतले जोपडिएको यो क्षेत्रमा सुन्दर इन्द्रसरोबार ताल छ । कुलेखानी जलविद्युत आयोजनाका लागि कुलेखानी थुनेर बनाइएको यो ताल निकै सुन्दर र सुरम्य छ ।

मकवानपुरको देउरालीबाट कुलेखानी र त्यस आसपासको क्षेत्रको अवलोकन गर्दा निकै अनुपम लाग्छ । पृष्ठभूमिका टल्किएको हिालम खुलेका पर्वतीय श्रृङ्खलाले कसको मन नलोभ्याउला र ?


त्यसमाथि काठमाडौं नजिककैको ग्रामीण परिवेश, जलविद्युत लगायतका परियोजनाका कारण विकासको नमूना पनि यहाँ देख्न सकिन्छ । काठमाडौंको धुलो, मैलो र  कोलाहलमा बसेकाहरुले छोटो दूरीको यात्रा तयर गरेर यो क्षेत्र पुग्दा पछुताउनपर्ने अवस्था आउँदैन । किनभने कुलेखानी र त्यसआसपासको क्षेत्रको प्राकृतिक सौन्दर्यता साँच्चिकै मनमोहक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment