Comments Add Comment

टीआईए र ­­एलआरआईलाई उपाधि

काठमाडौं । एलआरआई स्कूल ८ औं स्पोर्टस फेस्ट बास्केटबल प्रतियोगितामा छात्रतर्फको उपाधि टीआईए स्कूलले जितेको छ ।

एलआरआई स्कूलको खेल मैदानमा भएको फाइनलमा टीआईए स्कुलले रेडियन्टलाई ४७-४१ स्कोरले पराजित गर्दै उपाधि जितेको हो ।

प्रतिस्प्रधात्मक खेलको अन्तिम समयमा टीआईएले रेडियन्टलाई झिनो अन्तरले पराजित गरेको हेा ।

त्यस्तै छात्रातर्फको उपाधि भने एलआरआई स्कूलले जितेको छ । फाइनलमा एलआरआई स्कूलले शोणिर्म स्कूललाई ३७-२२ फराकिलो स्कोरले पराजित गर्दै उपाधि हात पारेको हो ।

एलआरआइले म्याचमा शुरुआतदेखि नै अग्रता कायम गर्दै शोणिर्ममाथि दबाब बनाएको थियो ।

प्रतियोगितामा छात्रतर्फको मोष्ट भ्यालुयबल खेलाडि एआरआई स्कूलकी सोनीया राना र छात्रतर्फ टीआईएका सम्राट गुरुङ भएका थिए । उत्कृष्ट खेलाडीलाई विशेष ट्रफी प्रदान गरिएको थियो ।

त्यसैगरी, फुटसलको उपाधि लिटिल एन्जल स्कुलले जितेको छ । फाइनलमा लिटिल एन्जलले ग्रिनफिल्डलाई ६-३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

फुटसलतर्फको मोष्ट भ्यालुयबल खेलाडी लिटिल एन्जलका सुसान्त गुरुङ भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment